काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वर्गीय प्रदीप गिरीमा पार्टीको उम्मेदवार छान्ने र सदस्यता बनाउने प्रक्रियालाई बदल्ने ठूलो इच्छा भएको स्मरण गरेका छन् ।
सोमवारकेन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको पहिलो स्मरण सभामा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले गिरीमा सधैं पार्टीलाई प्रजातान्त्रिक बनाउने हुटहुटी रहेको स्मरण गरे ।
यस्तै थापाले सामाजिक सञ्जालमार्फत पनि गिरीको अभाव खड्किरहने बताएका छन् ।
‘यस बिचमा धेरै घटनाक्रमहरू भए, दाइलाई धेरै सम्झिएँ। प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला ? संसदमा उहाँको अभाव झनै खड्कियो’ थापाले भनेका छन्, ‘उहाँसँगका प्रायः भेटमा हुने विचार/विमर्श, किताब छलफल, उहाँले दिने सुझाव सधैँ स्मृतिमा रहनेछन् । मेरा राजनीतिक तथा वैचारिक पथप्रदर्शक प्रदीप गिरिप्रति हार्दिक श्रद्धासुमन !’
Leave a Reply