चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आठ वटा सवारी साधन ठोक्किएका छन् ।
भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन्।
नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ ।
Leave a Reply