Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • प्रहरीलाई चितवन प्रशासनको निर्देशन – मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेको आरएटीमाथि अनुसन्धान गर्नू

    प्रहरीलाई चितवन प्रशासनको निर्देशन – मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेको आरएटीमाथि अनुसन्धान गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडकमा ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले खटाएको र्‍यापिड एक्सन टिम (आरएटी)माथि छानबिन गर्न निर्देशन दिएको छ ।

    पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।



    राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको दाबी गर्दै चितवन प्रशासनले रास्वपाको चिन्हसहितको आरएटी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटोसहितका पोष्ट आएपछि ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।



    चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा कुनै भूमिका नखेलेको जानकारी दिएका छन् ।

    मंगलबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए ।

    फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आरएटी पनि लेखिएको थियो । रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए ।

    प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृती समेत नलिएको उल्लेख छ । पहिरो पन्छाउन राज्यकै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी ट्राफिक व्यवस्थापनसमेत गरिएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार