Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न छानविन समिति बनाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाउँदा सदन चल्न नसकेको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । सांसद पौडेलले सदनमा छलफल गर्न नदिने र छानबिन समिति पनि नबनाउँदा सदन चल्न नसकेको बताए ।

सांसद पौडेलले अब सुन तस्करी प्रकरणमा छानविन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानविन गर्नुपर्ने बताए। पौडेलले सुन प्रकरण सामान्य विषय नभएकाले सम्बन्धीत पक्षले हल्का ढंगले लिन नहुने भन्दै राज्यले नै सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखे।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमाले सदनमा अवरोध जनाउँदै आएको छ।

क्वीन्टल सुन हङकङबाट क्याथे प्यासिफिकको फ्लाइटमार्फत स्कुटरको ब्रेक सुको नाममा भित्रिएको अनुसन्धानबाट खुलेको छ। सोही प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्। सुन तस्करीबारे विभागले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077