Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु

चितवन । बाघको आक्रमणबाट राप्तीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।

सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो।

बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077