Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई बिक्री गर्ने पेट्रोलको मूल्य घटाएर पठाएको छ।

इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा नेपाल आयल निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ । पछिल्लो पटक गत असार १७ गते निगमले इन्धनको मूल्य समायोजन गरेको थियो ।

नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब १ अर्ब नाफामा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077