काठमाडौं । राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा बनाउन राप्रपा नेपालले समिति बनाएको छ ।
आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा. डा. बिष्णुबहादुर भण्डारीको संयोजकत्वमा एक महिनाभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरेको हो ।
उक्त समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला रहेका छन् ।
त्यस्तै, पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोस्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय पनि गरेको छ ।