Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपद् व्यवस्थापनको १ अर्ब २ करोड थन्कियो, निकासा भएको १ अर्ब खै ?

काठमाडौं । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन ।

विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौं रुपैयाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ।

सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढीबेपत्ता छन् ।

मनसुनको प्रवेशसँगै देशभरका विभिन्न जिल्लामा बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ। तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले समन्वात्मक रूपमा विपद् व्यवस्थापनका लागि प्रभावकारी काम गर्न सकेका छैनन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् व्यवस्थापन कोषमा गत वर्ष मात्रै १ अर्ब रुपियाँभन्दा बढी निकासा भएपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077