Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आईओसीले बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ। आइओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढाएर पठाएको छ।

भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमले जनाएको छ ।

हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी ग्यास प्रति सिलिण्डर १८ सय रूपैयाँ छ।

नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077