Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 588
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो ।

    बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।



    यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



    आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वि.सं. २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार