Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेलले भने - नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नपुर्‍याई नागरिकता विधेयक प्रमाणीकरण गरेको सांसद पौडेलको भनाई छ ।

सांसद पौडेलले भने, ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो। संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो। प्रक्रिया पूरा नगरेकोमा मेरो पनि प्रश्न छ। पुरानो विधेयक नयाँ संसदले हुबहु स्वीकार गर्न सक्थ्यो तर छलफल गराउनुपर्थ्यो।'

सांसद पौडेलले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताए। उनले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077