Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्टरनेटकाे बढाउन खोजिएको अनुचित मूल्य रोक्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पौडेलले इन्टरनेटको मूल्य रोक्न उनले माग गरेका हुन् ।

उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले अहिले उपलब्ध सेवामा गुणस्तरीयता गति, क्षमता निरन्तरता केही नभएको भन्दै इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077