Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् - नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय, तर परम्परागत ढंगकै देखियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताएका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय भएको तर परम्परागत ढंगकै देखिएको बताए ।

उनले नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता नरहेको बताए ।

संसद्‌मा छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने उनको भनई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077