Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूला नेताको आड नपाई अरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

काठमाडौं । नागरिक अगुवा तथा चिकित्सक डा.गोविन्द केसीले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने बताएका छन् ।

काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध भएको प्रदर्शनमा बोल्दै केसीले यस्तो बताएका हुन् ।

उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077