Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व गृहमन्त्री खाँण प्रक्राउ परेपछि प्रदीप पौडेलले भने - नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले लेखेका छन्,'नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।'

को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने पौडेलको भनाई छ ।

पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई पार्टीले पूर्णरूपमा सहयोग गर्नुपर्ने बताए ।

नेता पौडेलले अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानूनी कठघरामा ल्याउन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077