Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद भट्टराईले भने– गठबन्धनमा फेरबदल नभए अर्थतन्त्र उकास्न सकिँदैन

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र उकास्न नसकिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताकामाथिको छलफलमा भाग लिँदै उनले वर्तमान गठबन्धन परिवर्तन नगरे अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए ।

सांसद भट्टराईले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको भन्दै वर्तमान अर्थतन्त्र उकास्न गठबन्धनमा फेरबदल हुनुपर्नेमा जोड दिए ।

उनले अहिलेकै गठबन्धन कायम रहिरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चित रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077