Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशको अर्थतन्त्र सबैभन्दा बढी परनिर्भर भयो : बाबुराम भट्टराई

हेटौंडा। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा अहिले आर्थिक संकटको हावा बगिरहेको बताएका छन् ।

आइतवार हेटौंडा पुगेका भट्टराईले देश अध्यारो सुरुङमा प्रवेश गर्ने खतरा रहेको बताएका हुन् ।

नेता भट्टराईले भने, ‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा हामी छौं। यो लामो समयदेखिको छ । हाम्रो आय विश्वको औसतभन्दा १० गुना कम छ। त्यसैले, यसको समाधान हामीले आन्तरिक रुपमा पनि बाह्य सम्बन्धमा सुधार गरेर खोज्नुपर्छ भन्ने ढंगले मैले आफ्नो कुरा राखेको छु। आगामी दिनमा देश एउटा डरलाग्दो अध्यारो सुरुङमा प्रवेश गर्ने खतरा हुन्छ।’

भट्टराईले विश्वको सबैभन्दा गरिब, विश्वकै कम आर्थिक वृद्धिदर भएको, सबैभन्दा बढी श्रम पलायन भएको देशमा नेपाल पर्ने भएकाले संकट लामो समयदेखि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077