Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयकबारे कानुनविद्हरुसँग छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनविद्हरुसँग आज परामर्श गर्दैछन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको हो ।

दुवै सदनबाट पारित भएको विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । उक्त रोकिएको विधेयकका सम्बन्धमा राष्ट्रपतिले छलफल गर्न लागेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले पनि कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077