काठमाडौं । नेपाल एयरलाइन्सले अब हरेक बिहीबार काठमाडौंदेखि इलाम उडान गर्ने भएको छ।
आइतबार उडान गर्दै आइरहेको निगमले उडान तालिकामा परिवर्तन गरेको हो।
एयरलाइन्सले २०७९ माघदेखि सातामा एक उडान गर्दै आइरहेको छ।
त्यस्तै, यात्रु सहजताका लागि अनलाइन बुकिङसमेत खुला गरेको निगमले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।