Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईको प्रस्ताव- अयोग्य लडाकुलाई पैसा होइन, सिप र रोजगारीको व्यवस्था गरौँ

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अयोग्य लडाकुलाई २-२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आर्थिक संकटका बेला  यसरी अयोग्य लडाकुलाई पैसा बाढ्नुभन्दा रोजगारी दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँमा अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् ।

भट्टराईले ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्न नेता भट्टराईले प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077