Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता पौडेलले भने - अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय गलत छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई राज्यकोषबाट पैसा बाँड्ने सरकारको निर्णयप्रति आपत्ती जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले अयोग्य लडाकुलाई पैंसा बाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को निर्णयप्रति गलत भएको बताएका हुन् ।

नेता पौडेलले सांसदहरूलाई समेत जानकारी नगराइ एकलौटी निर्णय गरेको र सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको बताए । नेता पौडेलले आर्थिक संकटको समयमा सरकारले प्राथमिकता छनोट गर्न नसकेको बताए।

नेता पौडेलले लेखेका छन्, 'गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर,संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ ।'

केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका बेला प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सो विषयमा ध्यान दिन नसकेको बताए । आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077