Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

काठमाडौं । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि विवादमा परेका राबले शुक्रबार राजीनामा दिएका हुन् ।

ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका राबले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् ।

यसअघि विपक्षी दलले प्रधानमन्त्री सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077