Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्ट्राचार मुद्दामा खड्काविरुद्ध विशेष अदालतले जारी गर्‍यो पक्राउ पुर्जी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

विशेषले पटक पटक ताकेता गर्दा पनि अकूत सम्पति आर्जनका आरोपी खड्का उपस्थित नभएपछि सोमबार पक्राउ गरेर ल्याउन पुर्जी जारी गर्ने आदेश दिएको हो ।

विशेष अदालत प्रशासनका अनुसार न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ ।

२०७५ पुसमा १८ करोड अकुत आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो ।

खरिदमा १ अर्ब ६ करोड आर्थिक चलखेल भएको निष्कर्ष निकालेको आयोगले पछि खड्कामाथि नै अकूत आर्जनमा अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077