Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य आइतबार बढेर आएको छ ।

नेपाल आयल निगमकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसाले बढेर आएको जनाएको छ ।

निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले घटाएको थियो ।

आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077