Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोलकातालाई हराउँदै हैदराबादको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता २३ रनले पराजित भएको हो ।

जितका लागि २ सय २९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्रै बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

कोलकाता ४ खेलमा ४ अङ्ककासाथ तालिकाको चौथो स्थानमा र हैदराबाद ४ खेलमा ४ अङ्ककासाथ सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077