Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – सबै दलसँग सहमति गरेर सरकारले विधेयक अगाडि बढाउँछ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – सबै दलसँग सहमति गरेर सरकारले विधेयक अगाडि बढाउँछ

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 597
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलसँग सहमति गरेर मात्रै सरकारले विधेयक अघि बढाउने बताएका छन् ।

    मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सबै विधेयक प्रमुख प्रतिपक्ष एमालेसहितका दलको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिए ।



    उनले विधेयक अघि बढाउँदा सकेसम्म सबै दलसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदलाई सचेत गराए ।

    प्रधानमन्त्री प्रचण्डले संसदमा प्रस्तुत विधेयकको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पार्टीका सांसदलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार