Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मन्त्री बदलिए, बदलिएन सडक

    मन्त्री बदलिए, बदलिएन सडक

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् ।

    उनको निर्माण कम्पनी शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले काठमाडौंको आकाशेधारा–राममन्दिर–कृष्णमन्दिर सडकको निर्माण गत १५ फागुनमा नै सम्पन्न गर्ने प्रतिबद्धता गरे पनि अझै निर्माण अपूरै छ ।



    गत पुस अन्तिम साता निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकामा सडक निर्माणको ठेक्का लिएका १५ वटा निर्माण कम्पनीलाई बोलाएर काम सक्ने मितिसहितको लिखित प्रतिबद्धता गराए ।



    त्यतिबेला शैलुङले १५ फागुनसम्म निर्माण सम्पन्न गर्ने समझदारी गरेर निस्कियो । त्यसयता, भौतिक मन्त्री नै फेरिएका छन् । तर, सडक बाटो जस्ताको तस्तै मात्रै हैन् झन् बिग्रिँदो छ ।

    यसरी लिखित सम्झौताअनुसार काम नगर्नेमा शैलङ मात्र हैन उपत्यकाको सडक निर्माणको ठेक्का लिएका अपवादबाहेक सबै निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न सकेका छैनन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार