Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कार्यालयमा हतियार बुझाउन चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगामी मंसिर वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

हातहतियार नबुझाउनेलाई कारबाही गर्ने प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ।

शुक्रबार जारी गरेको सूचनामा आगामी चैत मसान्तभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077