Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईको टिप्पणी - देशको अर्थतन्त्र र राजनीति विचौलियाको कब्जामा जाँदैछ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशको अर्थराजनीति विचौलियाको कब्जामा गइरहेको टिप्पणी गरेका छन् । उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को राष्ट्रिय सम्मेलनको संघारमा रणनीतिक र संरचनात्मक रूपान्तरणका विषयमा विमर्श गर्न आह्वान गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले उद्यमीव्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर अरूको विचौलिया बनेर बँच्ने अवस्थामा पुगेको आरोप लगाए। बिहीबार ट्विट गर्दै उनले भनेका छन्, 'देशको अर्थतन्त्र र राजनीति विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन ! यो कहिलेसम्म ?'  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077