Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किमाथांका नाका खोल्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथांका नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथांका नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए ।

लामो समयदेखि किमाथांका नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनु परेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिए ।

भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार÷पाँच दिन पैदलयात्रा गर्नुपर्छ । प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथांका नाका खोल्न पहल गरिदिन आग्रह गरेको उनले बताए ।

लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताए । नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077