Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ह्यारी र मेघनलाई खाली गर्न भनियो बेलायतको घर

एजेन्सी । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको छ।

ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको हो ।

यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ। ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी-मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो।

बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन्। ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी(मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077