Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महत्त्वपूर्ण मन्त्रालयसहित कांग्रेस सरकारमा जान्छ : प्रदीप पौडेल

नवलपरासी । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् ।

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,'आठदलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ। केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।'

पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली सुपर प्रधानमन्त्री बन्न खोजेकाले गठबन्धन सरकार नटिकेको बताए ।

कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने पौडेलको भनाइ छ । देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले राष्ट्रिय सहमतिमा सबैले जोड दिनुपर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077