Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यास चुहिएर आगलागी हुँदा ८ जना घाइते, चारको अवस्था गम्भिर

सुनसरी । सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीमा परी ८ जना घाइते भएका छन् भने घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्यास डिलरका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।

उनीहरूमध्ये ६५ वर्षीया वृद्धा रामकुमारी सबैभन्दा गम्भीर रहेको प्रहरी भनाइ छ । उनीहरू सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

‘अहिले धेरैले विष्फोट भनिरहनुभएको छ तर विष्फोट भएको होइन। ग्यास लिक भएर आगलागी भएको हो,’ सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभु ढकालले भने, ‘आगोले जलेर स्थानीयबासी घाइते हुनुभएको हो।’

उनका अनुसार धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि उनीहरूले ग्यास डिलरका मान्छे बोलाएका थिए । उनीहरू आएर हेर्दै गर्दा एक्कासि आगोको लप्का उठेको थियो । ग्यास लिक भएर ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077