Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा राखेन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको बाट सम्पादन गर्नुपर्ने कामहरुलाई प्राथमिकतामा नराखेको उनको आरोप छ ।

सभामुख घिमिरेले फेरि पनि सरकारले आयोगको म्याद थपेको तर, शान्ति प्रक्रियाका कामलाई पूर्णता दिनेगी ठोस कार्यक्रम नल्याएको बताए ।

शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने विषयमा संसदमा समेत प्रयाप्त छलफल हुन नसकेको सभामुख घिमिरेको स्वीकारोक्ति छ । आयोगको म्याद थपेर पनि पदाधिकारी नभएका कारण काम हुन नसकको भन्दै सभामुखले सरकारको आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077