Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाको राजधानी प्योङ्याङमा पाँचदिने ‘लकडाउन’

एजेन्सी । श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको प्योङ्याङमा पाँचदिने ‘लकडाउन’आदेश जारी गरिएको छ ।

उत्तर कोरियाले बुधबारदेखि लागू हुने गरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । गत अगष्टमा उत्तर कोरियाले कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको थियो ।

प्योङ्याङका बासिन्दालाई आजदेखि आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको छ । राजधानीमा फैलिएको रोगलाई कोडिभ–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ ।

राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो ।

राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ । हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077