Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्रधानमन्त्री बनेको तेस्रो दिनमा लिङ्देनलाई थापाको शुभकामना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पूर्वपार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।

लिङ्देन उपप्रधानमन्त्री नियुक्त भएको तेस्रो दिनमा सामाजिक सञ्जालमार्फत थापाले बधाई ज्ञापन गरेका हुन् ।

उनले लेखेका छन्, ‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा र विश्वस गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्रीजस्तो गरीमामय पदमा नियुक्त हुनुभएकोमा खुशी लागेको छ ।’

थापाले राप्रपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त भएका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दिपक सिंहलाई पनि बधाइ र शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077