Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभाको आजको बैठक स्थगित

काठमाडाैं । मधेश प्रदेश सभाको साेमबार बस्ने बैठक र सभामुख पदकाे चयनका लागि मतदान कार्य समेत स्थगित भएको छ ।

सरकारले पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरेकाले बैठक र सभामुख पदकाे मतदान कार्य स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको हाे ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको छ ।

बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077