Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न्।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले स्वागत गरे।

पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन्।

प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतीय सञ्जालसँग जोड्ने गरि इगभर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077