काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट लामिछाने छुटेका हुन् ।
सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ। जिल्ला अदालतबाट तारिख बुझेर उनी रिहा हुनेछन् ।
उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो ।
उच्च अदालतले २० लाख धौरटी र अन्य शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।
Leave a Reply