Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिङदेनकाे चियापानमा पुगेर कमल थापाले भने- राप्रपामा धेरै पसिना बगाएको छु, याे मेराे पनि पार्टी हाे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन् ।

३०१ औं पृथ्वी जयन्ती एवम् एकता दिवसमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका थापाबीच हार्दिकता देखिएको हो ।

थापा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा मिसिएर त्यसको अध्यक्ष बनेका थिए । चियापान कार्यक्रममा पुगेका थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे ।

कार्यक्रममा कमल थापाले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। यसका लागि आफूले धेरै पसिना बगाएको भन्दै उनले पार्टी एउटै बनाउने कुरामा पछि छलफल गर्ने बताए ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा बिदा दएकोमा धन्यवाद दिँदै उनले राज्यबाटै एकता दिवस मनाउनुपर्ने धारणा राखे।

राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु पनि अतिथिका रूपमा पुगेका छन् ।

गत माघयता यी नेताहरुबीच औपचारिक भेटघाट एवम् सदासहायता देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077