Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक आज विहान ११ बजे बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

संघीय संसदको अधिवेशन हिजो सोमबारदेखि शुरु भएको छ । हिजो बसेको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गरेका थिए ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा बसेको बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता ग्रहण गर्ने अध्यक्ष मण्डल चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077