Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाल सुधारगृहबाट भागेका चारजना पक्राउ

बाँके । बाँकेमा बाल सुधारगृहबाट भागेका चार जनालाई पक्राउ परेका छन् ।

जिल्लाको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधारगृहबाट भागेका उनीहरुलाई प्युठानबाट पुनः पक्राउ गरिएको हो ।

विभिन्न अभियोगमा पक्राउ परी सजाय भोगिरहेकामध्ये चारजना बालक १४ पुसमा बाल सुधारगृहबाट भागेका थिए ।
फरारमध्ये तीनजना जबर्जस्ती करणी र एकजना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

अपराध गरेका बालकलाई उक्त बाल सुधारगृहमा राख्ने गरिएको छ। उनीहरूलाई प्युठानबाट पक्राउ गरी बाँके ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाल सुधारगृहमा दुई सय ३२ जना छन् । त्यसमध्ये चारजना फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077