Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोंगबुबाट ९ जना जुवाडे पक्राउ, डेढ लाख रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुबाट ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा, सुर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् ।

जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले ६ गड्डी तास पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077