Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुई किलो युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

बारा। सशस्त्र प्रहरीले युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट रवी चौधरी,सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका(२ बस्ने वृज सहनीलाई पक्राउ गरेको हो ।

जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं- ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराले जनाएको छ ।

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ ।

चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077