Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको आग्रह – संसदीय दलको चुनावबारे कसैप्रति नकारात्मक टिप्पणी नगर्नू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसदीय दलको नेताको निर्वाचनलाई लिएर कसैप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले यस्तो आग्रह गरेका हुन् । संसदीय दलको नेताको निर्वाचनले कांग्रेसको आन्तरिक लोकतन्त्र अभ्यास थप सुदृढ भएको थापाले बताए ।

‘निर्वाचनमा नेपाली कांग्रेसका सबै सांसदज्यूहरूले आफ्नो विवेक र मताधिकार प्रयोग गर्नुभयो। यो उहाँहरूको छनोटको लोकतान्त्रिक अधिकार हो। मलाई मत दिन नसके पनि यो प्रक्रियामा सहभागी भएर मतदान गर्ने सांसद साथीहरूको चयनप्रति उच्च सम्मान गर्दै पार्टीमा आफ्नो सत्कर्मले हरदम उहाँहरूको मन जित्ने प्रयास गरिरहने छु,' उनले लेखेका छन् ।

आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित नहुने महामन्त्री थापाको भनाई छ । उनले लेखेका छन्, ‘त्यसैले, कसैकाप्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077