Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा सदस्यको शपथ अघि सर्वदलीय बैठक

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ । शपथलाई व्यवस्थित बनाउन भन्दै संसद्‌का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ ।

प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077