Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शशांकलाई भेट्न निवासमै पुगे गगन, चुनावमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापा पार्टीका सांसदहरूलाई फकाउने कसरतमा जुटेका छन् ।

सोही क्रममा उनी मंगलबार साँझ डा. शशांक कोइराला निवास महाराजगञ्ज पुगेरका छन् ।

शशांक निवास पुगेर थापाले आशिर्वाद माग्दै सहयोगका लागि आग्रह गरेका हुन् । शशांकले थापालाई शुभकापना दिएर बिदा गरेको बताइएको छ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका छन् । मतदान बुधबार हुँदैछ ।

कांग्रेसमा दलको नेता छान्न मंसिर ४ मा निर्वाचित भएका प्रत्यक्ष र समानुपातिकसहित ८९ सांसदले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077