Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री गगन थापा भोट माग्न व्यस्त, पुगे प्रकाशमानको निवास

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिएसँगै महामन्त्री गगन थापा भोट माग्न व्यस्त छन् ।

यसैक्रममा महामन्त्री गगन र उनका प्रस्तावक भोट माग्नको लागि प्रकाशमान सिंहको निवास पुगेका छन् ।

मंगलबार साँझ भोलि हुने दलको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै महामन्त्री गगन सिंह निवास पुगेका हुन् ।

सिंहले भने पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका छन् ।

निर्वाचन समितिले अब दलको नेता छान्न बुधबार बिहान सिंहदरबारमा निर्वाचन गर्नेछ ।

कांग्रेसमा दलको नेता छान्न मंसिर ४ मा निर्वाचित भएका प्रत्यक्ष र समानुपातिकसहित ८९ सांसदले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077