Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक र आर्थिक संकटले देशलाई थप संकटतर्फ लैजान सक्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले देशमा वित्तीय संकटको स्थिति रहेको बताएका छन् ।

बिहीबार भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताए । यस्तै राजनीतिक अस्थिरताले आर्थिक अराजकता बढाउने उनको भनाई छ ।

राजनीतिक र आर्थिक संकट एकै पटक जोडिएर जाँदा अहिलेको अवस्थामा देशलाई थप संकटतर्फ लैजान सक्ने उनले बताए ।

‘अहिले वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभाव छ। वैदेशिक लगानीको एकदमै अप्ठ्यारो अवस्था रहेको छ। देशको मुद्रा सञ्चिति दबाबमा छ’, उनले भने, ‘यता नेपाल राष्ट्र बैंकले एक वर्षदेखि नै नियन्त्रणत्मक नीति लिइराखेको छ। सरकारले आयात नियन्त्रण गरेर अनगमन पनि केहि गरिहेको स्थितिमा आयात रोक्ने बित्तिकै हाम्रो राजस्वमा कमि आएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077