Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष पाण्डेले भने - अस्थिरताको संकट टार्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अस्थिरताको संकट टार्न नेपाली कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन् । प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले गठबन्धनले सरकार बनाउने अवस्था देखिए पनि त्यसले देशलाई स्थिरता दिन सक्ने सम्भावना भने नरहेको बताए। दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसदले दिने परिणामको आशा घटेको उनको भनाइ छ।

देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए।

सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनको भनाइ छ।

पाण्डेले भने, ‘धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता दिँदैन। अर्कातिर राजश्व घट्दोक्रममा छ, राजनीतिक र आर्थिक संकट एकसाथ जोडिएर देश कठिन अवस्थातिर जान्छ कि भन्ने आशंका छ।'

उनले देश अप्ठेरो दिशामा जाने अवस्था आएमा नेपाली कांग्रेसलाई नेकपा एमाले सघाउन सक्ने बताए। तत्कालको परिवेशमा बाम एकता हुने सम्भावना नरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077